लन्डन। बेलायतमा कोरोना संक्रमण दर तीव्र रुपमा बढ्न थालेको छ । अघिल्लो साताको तुलनामा यो साता संक्रमणदर झन्डै ७० प्रतिशतले बढेको हो ।कोरोना संक्रमणका कारण एकैदिन झन्डै  २३ हजार नयाँ संक्रमित थपिएका  छन् । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा २२ हजार ८६८ नयाँ संक्रमित थपिएका हुन् ।यो संख्या गत जनवरी ३० तारिख पछिको सबैभन्दा बढी हो । एक साताभित्र ६९ दशमलव ९ प्रतिशत वृद्धि भएको स्वास्थ्य विभागको तथ्यांकले देखाएको &nbs

from रातोपाटी https://ift.tt/3dnRDed