धेरै पहिलेको कुरा हो । एउटा गाउँमा धूर्त जोगी बस्थे । बाहिरबाट संन्यासी देखिन्थे भित्रभित्रै दुराचारी थिए । जटाको मुकुट बाँधी पहेँलो धोती लगाउँथे । पीताम्बर ओड्थे, निधारमा खरानी खसेर हिँड्थे तर भित्रभित्रै भने त्यसैलाई भजाएर ठगी धन्दा चलाइरहेका हुन्थे । गाउँलेहरू सिधा थिए लप्पनछप्पन जान्दैनथे । जोगीको कुरामा विश्वास गरी आश्रम बनाइदिए, खाने बस्ने व्यवस्था मिलाइदिए । बिस्तारै चेलाचपेटा थपिँदै गए । उनीहरूकै सहयोग लिएर जोगीले आश्रममा सुन्दर बगैँचा बनाए ।समय बित्दै गयो । एक दिन साँझ छिमेकीको कोरली (ब

from रातोपाटी https://ift.tt/3CKU4l7