काठमाडौं । फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले आज शनिबार बिहान उरुग्वेलाई १-० ले पराजित गरेको छ ।

अर्जेन्टिनाको जितमा एन्जल डि मारियाले निर्णायक गोल गरे । डि मारियाले खेलको सातौं मिनेटमै पाउलो डिबलाको पासमा गरेको गोल निर्णायक बनेको थियो ।

जितपछि अर्जेन्टिना १२ खेलबाट २८ अंकसहित दोस्रो स्थानमा छ । उरुग्वे १६ अंकसहित छैटौं स्थानमा छ ।

दक्षिण अमेरिकाबाट ब्राजिल विश्वकपका लागि छनोट भइसकेको छ ।



from Online Khabar https://ift.tt/3kAyFVd