९ असार, सुर्खेत । जाजरकोटको भेरी नगरपालिका–२ का वडा सदस्य सुशीला नेपालीको भिरबाट लडेर मृत्यु भएको छ ।
उपचारका लागि अस्पताल लैजाँदै गर्दा गएराति उनको मृत्यु भएको नगरपालिकाका प्रवक्ता पार्वती विकले जानकारी दिइन् ।
भेरी–२ डिंगास्थित घरबाट बाहुनथानास्थित वडास्तरीय योजना तर्जुमा बैठकमा सहभागी हुन जाँदै गर्दा नेपाली लडेर घाइते भएकी थिइन् ।
from Online Khabar https://ift.tt/3vQQPVo

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।