ब्रेकिङ न्युज

6/recent/ticker-posts

भिरबाट लडेर वडासदस्यको मृत्यु

९ असार, जाजरकोट । भिरबाट लडेर घाइते भएकी भेरी नगरपालिका-२ का वडासदस्य सुशीला नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मंगलबार राति निधन भएको छ ।

भेरी-२ डिंगा घरबाट बाहुनथानास्थित वडास्तरीय योजना तर्जुमा बैठकमा सहभागी हुन जाँदै गर्दा उनी लडेर घाइते भएकी थिइन् ।

घाइते नेपालीलाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै ज्यान गएको नगरपालिकाका प्रवक्ता पार्वती विकले जानकारी दिइन् ।



from Online Khabar https://ift.tt/3gRgTdI

Post a Comment

0 Comments