ब्रेकिङ न्युज

6/recent/ticker-posts

झापामा सशस्त्रको गोली लागेर मृत्यु

झापा गाँउपालिका ३ कामाटोलीमा सशस्त्र प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ।


 स्थानीयले आक्रमण गरेपछि आत्मरक्षाका लागि सशस्त्र प्रहरीले चलाएको गोली लागि कामाटोलीका ३८ वर्षीय रमिकुल आलमको मृत्यु भएको हो।


गोरु काटेको खबर पाएपछि गएको प्रहरी टोलीले थप मद्दत मागेपछि गएको सशस्त्र प्रहरीमाथि स्थानीयले आक्रमण गरेपछि सशस्त्रले गोली चलाएको थियो। त्यस क्रममा गोली लागेर गम्भीर घाइते भएका ३८ वर्षीय आलमको बी एण्ड सी अस्पताल विर्तामोडमा उपचारका क्रममा साँझ सवा ७ बजेतिर मृत्यु भएको अस्पताल सञ्चालक दुर्गा प्रसाईँले जानकारी दिए।

स्थानीयले काटेको गोरुको टाउको र खुट्टा बरामद गरी फर्कने क्रममा दर्जनौँको समूहमा रहेका स्थानीयहरु टायर तथा पुल्ठो बालेर नेपाल प्रहरी र सशस्त्र प्रहरीमाथि जाइलागेका प्रहरीले जनाएको छ।।

प्रहरीको गोली लागेर आलमको मृत्यु भएपछि सो क्षेत्रकाे स्थिति तनावग्रस्त बनेको छ।

Post a Comment

0 Comments