ब्रेकिङ न्युज

6/recent/ticker-posts

प्रतिनिधि सभाको बैठक स्थगित

१८ पुस, काठमाडौं । आज बस्ने तय भएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । आज तय भएको बैठक २२ गतेसम्मका लागि स्थगित भएको हो ।

सत्तारुढ नेकपा माओवादी केन्द्रले महाधिवेशन जारी रहेकाले बैठक स्थगित गरिदिन आग्रह गरेकाले प्रतिनिधि सभा बैठक स्थगित भएको स्रोतले बतायो ।

आजको प्रतिनिधि सभा बैठक दिउँसो १ बजे बस्ने तय भएको थियो । सो बैठकमा थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची थियो । तर माओवादी केन्द्रले संसद बैठक स्थगित गरिदिन आग्रह गरेको थियो ।

नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन यही पुस ११ गतेदेखि काठमाडौंमा जारी छ ।



from Online Khabar https://ift.tt/3EGCeAl

Post a Comment

0 Comments