ब्रेकिङ न्युज

6/recent/ticker-posts

भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्ष जुवा खालबाट पक्राउ

१८ पुस, काठमाडौं । जाजरकोटमा एक नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित १३ जना जुवाको खालबाट पक्राउ परेका छन् ।

भेरी नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती र नेपाली कांग्रेसबाट विजयी सोही नगरपालिकाको ६ नम्बर वडाका अध्यक्ष शशी बुढा पक्राउ परेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधव श्रेष्ठले जानकारी दिए ।

भेरीनगरपालिका-४ गैरीखालीबाट आज बिहान तीन बजे उनीहरू पक्राउ परेका हुन् । उनीहरूको साथबाट २ लाख ५२ हजार नगदसमेत बरामद भएको एसपी श्रेष्ठले बताए ।



from Online Khabar https://ift.tt/3mQpIsa

Post a Comment

0 Comments