ब्रेकिङ न्युज

6/recent/ticker-posts

वीरगञ्ज महानगरले उठायो ५ महीनामा १८ करोड राजश्व

१८ पुस, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०७८/७९ को पाँच महीनामा १८ करोड राजश्व संकलन गरेको छ । ०७८ साउनदेखि मंसिर मसान्तसम्म विभिन्न शीर्षकमा १८ करोड ७३ लाख ५२ हजार १६७ रुपैयाँ ९८ पैसा राजश्व संकलन गरेको हो ।

राजश्व व्यवस्थापन महाशाखाकाका अनुसार चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म सम्पत्ति कर सात करोड ६७ लाख ५८ हजार १५१ रुपैयाँ ५८ पैसा, भूमिकर/मालपोत ५० लाख ३५ हजार ९२५ रुपैयाँ ६४ पैसा, घर बहाल कर दुई करोड ३४ लाख २४ हजार ५८ रुपैयाँ ९४ पैसा, बहाल विटौरी कर नौ लाख ४७ हजार ५२१ रुपैयाँ १६ पैसा उठाएको छ ।

यस्तै, सवारी साधनमा लाग्ने कर -साना) दुई लाख ७० हजार ९ सय ५० रुपैयाँ, पूर्वाधार सेवा उपयोगमा लाग्ने कर एक करोड ९००, विज्ञापन कर १४ लाख ७८ हजार ३४ रुपैयाँ उठेको छ ।

अन्य मनोरञ्जन कर ९२ हजार ६५३ रुपैयाँ, व्यवसाय रजिष्ट्रेशन दस्तुर ८७ लाख ८८ हजार, अखेटोपहारमा लाग्ने कर २९ लाख ३४ हजार २५६ रुपैयाँ ६२ पैसा, सरकारी सम्पत्ति बहालबाट प्राप्त आय ४९ लाख २५०, अन्य स्रोतबाट बाँडफाँड नहुने ७१ लाख ६६३ रुपैयाँ प्राप्त भएको छ ।

त्यसैगरी विद्युत सेवा शुल्क १८५ रुपैयाँ, अन्य सेवा शुल्क एक करोड १४ लाख ७० हजार ७१३ रुपैयाँ ७० पैसा, न्यायिक दस्तुर ६ हजार ६४०, परीक्षा शुल्क चार लाख पाँच हजार ३८० रुपैयाँ, अन्य प्रशासनिक सेवा शुल्क दुई लाख ६१ हजार ३००, नक्सा पास दस्तुर दुई करोड ३० लाख ३१ हजार ६९८ रुपैयाँ १९ पैसा, सिफारिस दस्तुर ७९ लाख ९५ हजार ३०५ रुपैयाँ ७५ पैसा संकलन भएको छ ।

नगरपालिकाले व्यक्तिगत घटना दर्ता दस्तुर ८ लाख ८८ हजार ३५३ रुपैयाँ, अन्य दस्तुर १३ हजार ९५०, प्रशासनिक दण्ड जरिवानावापत एक करोड ९ हजार ५८६ रुपैयाँ ७५ पैसा र बेरुजु ५३ हजार ५ सय रुपैयाँ असुल गरेको छ ।

गत आर्थिक वर्ष ०७७/०७८ को तुलनामा २० प्रतिशत बढी राजश्व संकलन गर्न सफल भएको राजश्व व्यवस्थापन महाशाखाका अधिकृत पवन प्रधानले जानकारी दिए । गत आर्थिक वर्षको पाँच महीनामा कार्यालयले १५ करोड ४९ लाख ८२ हजार ६८९ रुपैयाँ ६६ पैसा राजश्व संकलन गरेको थियो ।

नगरवासीलाई कर तिर्न प्रोत्साहित गर्ने उद्देश्यले विभिन्न किसिमका सुविधा दिएपछि राजश्व संकलनमा सकारात्मक प्रभाव देखिएको अधिकृत प्रधान बताउँछन् ।

चालु आर्थिक वर्षमा ९५ करोड ४७ लाख ४७२ रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य महानगरले लिएको छ ।

गत आर्थिक वर्षमा ५० करोड ७५ लाख आन्तरिक राजश्व संकलन गर्ने लक्ष्य राखेका महानगरले लक्ष्य भन्दा ३१ प्रतिशत बढी अर्थात ६६ करोड ८८ लाख ९४ हजार ४४६ रुपैयाँ ४६ पैसा राजश्व संकलन गरेको थियो ।

लक्ष्य अनुुसार राजस्व संकलन भएपनि आगामी वर्ष राजस्वको दायरा अझै बढाउने योजना बनाइएको वीरगञ्ज महानगरपालिकाको राजस्व शाखाका प्रमुख अरुण बस्नेत बताउँछन् ।

करमा छुट दिनुका साथै विभिन्न किसिमका योजनहरु ल्याएर नगरवासीलाई कर तिर्न प्रोत्साहन गरिएकोले पनि राजश्वमा सुधार आएको उनको भनाइ छ ।

महानगरले चालु आर्थिक वर्षको पुस मसान्तसम्म भूमि एवं सम्पत्तिकर तथा व्यवसायिक करमा १० प्रतिशत छुट दिएको छ । उद्योग, सपिङ मल, अस्पताल र स्कुलहरुलाई लाग्ने सम्पति करमा ५० प्रतिशत छुट गरिएको छ ।

महानगरले आन्तरिक आय बलियो बनाउन हर सम्भव प्रयत्न गरिरहेको उनको भनाइ छ । ‘करमा प्राप्त छुटको फाइदा उठाएर समयमै कर तिरौं, जरिवानाबाट बचौं, वीरगञ्ज नगरलाई समृद्ध बनाऔं ।’ भन्दै महानगरले नगरवासीलाई समयमा नै कर तिर्न आग्रह गर्दै आएको छ ।

आम्दानी हुनेलाई बढी र कम हुनेलाई कम कर लाग्ने गरी वैज्ञानिक कर प्रणाली लागू गरिएको नगर प्रमुख विजयकुमार सरावगीको दाबी छ । उनले वडा कार्यालयबाटै कर तिर्न सक्नेगरी व्यवस्था मिलाउँदै लगेको समेत बताए ।

‘वीरगञ्जमा १६ वटा सहरी र १६ वटा ग्रामीण वडा छन्, कर तिर्नका लागि सबैलाई वीरगञ्ज नै आउनुपर्ने बाध्यता छ’ उनले भने, ‘केही वडालाई प्रविधिमैत्री बनाएका छौं, वडाबाटै सिफारिस शुल्क तथा कर तिर्न सक्ने व्यवस्था मिलाइएको छ ।’

उनले पछि थपिएका १६ वटै वडालाई प्रविधिमैत्री बनाएर वडाबाटै सिफारिस शुल्क, सम्पत्ति तथा व्यवसाय कर तिर्न सक्ने व्यवस्था मिलाउने तयारी भइरहेको बताए ।



from Online Khabar https://ift.tt/3pLuf0X

Post a Comment

0 Comments