आर्थिक वर्ष २०७७(७८ मा कुल वस्तु व्यापार घाटा २७ दशमलव ३ प्रतिशतले वृद्धि भई १३ खर्ब ९८ अर्ब ७१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो घाटा १६ दशमलव ८ प्रतिशतले घटेको थियो ।नेपाल राष्ट्र बैंकले तयार गरेको गत आवको तथ्यांकअनुसार आयात २८ दशमलव ७ प्रतिशतले र निर्यात ४४ दशमलव ४ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष आयात १५ दशमलव ६ प्रतिशतले घटेको थियो भने निर्यात शून्य दशमलव ६ प्रतिशतले बढेको थियो ।यसैगरी, विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ९ दशमलव ८ प्रतिशत र अमेरिकी डलरमा ८ दशमलव २ प्रतिशतले बढेको छ ।
from रातोपाटी https://ift.tt/3Dp9Ram
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।