ब्रेकिङ न्युज

6/recent/ticker-posts

रोहितसँग झगडा गर्ने तान्जिम आईसीसीको कारबाहीमा

५ असार, काठमाडौ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले टी-२० विश्वकप २०२४ मा आइतबार नेपालका कप्तान रोहित पौडेलसँग झगडा गर्ने बंगलादेशका तीव्र गतिका बलर तान्जिम हसन सकिबलाई कारबाही गरेको छ ।

आईसीसीले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनलाई कारबाही गरेको जनाएको छ । उनको म्याच फिको १५ प्रतिशत रकम काटिनेछ ।

सेन्ट भिन्सेन्टमा नेपालले १०७ रनको लक्ष्य पछ्याउनेक्रममा तान्जिम र रोहितबीच तेस्रो ओभरको अन्तिम बलपछि उक्त घटना भएको थियो ।

ओपनर कुशल भुर्तेललाई ४ रनमा बोल्ड र अनिल साहलाई शून्यमा क्याच आउट गर्दै उनले डबल विकेटमेडन राखेका थिए । त्यसपछि उनले पिचको मध्य भागमा आएर रोहितलाई केही भन्न पुगे । रोहितले पनि आक्रोसित हुँदै उनलाई जवाफ तुरुन्त फर्काएका थिए ।

तान्जिमले रोहितलाई हातले धक्का समेत दिएका थिए । ताम्जिमलाई लिटन दास र रोहितलाई आसिफ शेखले थप झगडा गर्नबाट रोकेका थिए । उक्त घटना लगत्तै अम्पायरले बंगलादेशका कप्तान नाज्मुल हसन सान्टोलाई बोलाएर केही भनेका थिए ।

आईसीसीको आचार संहित २.१२ खेलाडी र खेलाडी समर्थकबीचको नियम उंलङ्घन गरेको हुँदा उनी कारबाहीमा परेका हुन् । उक्त खेलका म्याच रेफ्री रिचर्ड्सनसँग तान्जिमले गल्ती स्वीकार गरेका छन् । यता खेलपछि रोहितलाई उक्त समयमा बलिङ गर्न जान भनेको जवाफ दिएका थिए ।

नेपाललाई ८५ रनमा अल आउट गर्न तान्जिमले ४ ओभरमा २ मेडनसहित ७ रन खर्चेर ४ विकेट लिएका थिए । उनकै बलमा रोहित ब्याकवार्ड प्वाइन्टमा १ रनमा रिशाद हसनबाट क्याच आउट भएका थिए । २४ मध्य २१ बल डट राखेका थिए ।

बंगलादेशले नेपाललाई २१ रनले हराउँदै समूह डी बाट ६ अंकका साथ सुपर ८ मा स्थान बनाएको थियो । नेपाल ४ खेलमा १ अंकका साथ समूह चरणबाटै बाहिरिन पुग्यो ।



from Online Khabar https://ift.tt/faJbBvj

Post a Comment

0 Comments