ब्रेकिङ न्युज

6/recent/ticker-posts

शैल्यशिखर नगरपालिकाका २ जना कृषि प्राविधिक घुससहित पक्राउ

१ साउन, काठमाडौं ।दार्चुलाको शैल्यशिखर नगरपालिकाका दुई जना कृषि प्राविधिक घुससहित पक्राउ परेका छन् ।

अधिकृत मोहनसिंह धामी र अर्का कृषि प्राविधिक अशोकसिंह धामीलाई अख्तियारले ४ लाख १२ हजार नगदसहित पक्राउ गरेको हो ।

उनीहरूको साथबाट ४५ लाख ६० हजारका पाँच थान चेक र अशोकको नाममा काटिएको दुई लाख ५० हजारका थप दुई थान चेकसमेत बरामद गरिएको अख्तियारले जनाएको छ ।

दुवै जनालाई कञ्चनपुरबाट खटिएको अख्तियारको टोलीले कैलालको धनगढी उपमहानगरपालिका-४ बोराडाडीबाट असरा ३१ गते नियन्त्रणमा लिएको हो ।



from Online Khabar https://ift.tt/cVd7IUE

Post a Comment

0 Comments