ब्रेकिङ न्युज

6/recent/ticker-posts

युरो जितेपछि स्पानिस प्रशिक्षक भन्छन् : स्पेन विश्वकै उत्कृष्ट टोली हो

३१ असार, काठमाडौं । स्पानिस प्रशिक्षक लुइस डे ला फुएन्टेले आफ्नो लागि स्पेन विश्वकै उत्कृष्ट टोली भएको बताएका छन् ।

जर्मनीको बर्लिनमा भएको युरो २०२४ को फाइनलमा इंग्ल्याण्डलाई २-१ ले पराजित गर्दै कीर्तिमानी चौथो पटक युरो उपाधि जितेपछि फुएन्टाले एकदमै धेरै खुशी भएको बताए ।

‘म यो भन्दा बढी खुशी हुन सक्दिन । समर्क र खेलाडीहरु देख्दम यो एउटा वास्तविक टिम हो र युरो च्याम्पियन हो ।’ उनले भने । ‘मैले यसअघि गर्व लागेको बताएका थिए । आज म त्यो भन्दा धेरै गौरवान्वित छु ।’

उनले आफ्नो लागि स्पेन विश्वकै उत्कृष्ट टिम भएको बताए । ‘हामी को हौँ भन्ने यसले देखाएको छ । मेरो लागि उनीहरु विश्वकै उत्कृष्ट टिम हुन् र आज मैले त्यो परिभाषा दिएको छु ।’

यस्तै युरो २०२४ को उत्कृष्ट खेलाडी घोषित भएका स्पानिस मिडफिल्डर रोड्रीले युरो जित्नु अविश्वसनिय रहेको र बफूहरु अब युरोपको उत्कृष्ट टिम भएको बताए । ‘यो अविश्वसनिय रह्यो । हामी युरोपको उत्कृष्ट नेशनल टिम हौँ ।’ उत्कृष्ट खेलाडी घोषित भएका रोड्रीले भने ।

उनले च्याम्पियन बन्ने क्रममा चार पूर्व विश्व विजेता टिमलाई हराएको भन्दै यो अविश्वसनिय रहेको बताए । स्पेनले समूह चरणमै साविक विजेता तथा विश्व विजेता रहिसकेको इटलीलाई पराजित गरेको थियो ।  यस्तै नआउट चरणमा आयोजक जर्मनी र फ्रान्स तथा फाइनलमा इंग्ल्याण्डलाई पराजित गरेको थियो । इटलीसहित चारै टोलीले विश्वकप जितिसकेका छन् भने इंग्लयाण्ड बाहेक तीन टोलीले युरो पनि जितिसकेका छन् ।

अन्तिम १६ मा भने स्पेनले युरो २०२४ को एक मात्र नया टोली जर्जियालाई पराजित गरेको थियो ।

स्पेनका लागि फाइनलमा गोल गरेका निको विलियम्स र मिकेल ओयाजाबलले पनि च्याम्पियन बन्दा खुशी व्यक्त गरेका छन् ।

स्पेनका कप्तान अल्भारो मोराटाले सकरात्मक रुपमा खेल्दा सकरात्मक नतिजा आएको बताउँदै आफ्नो टिमप्रती गर्व लागेको बताए ।



from Online Khabar https://ift.tt/1LydAc0

Post a Comment

0 Comments