ब्रेकिङ न्युज

6/recent/ticker-posts

झापाको कामाटोली घटनाको सन्दर्भमा सर्वपक्षीय बैठकले यस्तो निर्णय गर्यो :



झापा कामाटोली घटनाको सन्दर्भमा सर्वपक्षीय बैठकले यस्तो निर्णय गर्यो ।।


 हिजोको घटनामा ज्यान गुमाउने रसिकुल आलम प्रति
भावपुर्ण श्रद्धाञ्जली । शोकाकुल परिवारजनमा गहिरो
समवेदना ।

मृतकको काजकिरियाका लागि झापा गाउँपालिका
तत्काल ५० हजार उपलब्ध गराउने । न्युनतम १० लाख
क्षतिपूर्तिको लागि सरकारसँग पहल गर्ने ।

 मृतकको छोराछोरीको शिक्षादिक्षाको उचित व्यवस्थाका
लागि सरकारसँग पहल गर्ने ।

 घटनाको सत्यतथ्य पत्ता लगाइ १५ दिन भित्र प्रतिवेदन
पेश गर्ने गरि नेपाल सरकार गृह मन्त्रालयबाट साहयक
प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा ३ सदस्यीय छानवीन
समिति गठन गरेको छ । सो समितिलाई सबैले सहयोग गर्ने
समितिले आवश्यक सरोकारवालाहरुलाई आमन्त्रित
गर्ने ।

 सामाजिक धार्मिक सद्भाव कायम गर्न सबैको तर्फबाट
पहल गर्ने ।

 मृतकको सव परिवारले जिम्मा बुझि आफ्नो परम्परा
बमोजिम दाहसंस्कार गर्ने ।





Post a Comment

0 Comments