ब्रेकिङ न्युज

6/recent/ticker-posts

भारतमा २४ घण्टाभित्र भेटिए ९१,७२३ संक्रमित, बिरामीको आँकडा ४२ लाख पार

भारतमा कोरोना बिरामीको आँकडा ४२ लाख पार भइसकेको छ । हालसम्म ४२ लाख २ हजार ५ सय ६२ व्यक्ति संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा ९१ हजार ७ सय २३ नयाँ बिरामी थपिएका छन् । एकैदिन भेटिएको यो हालसम्मको सर्वाधिक संख्या हो । यसअघि शनिबार ९० हजार ६ सय बिरामी भेटिएका थिए ।यस्तै भारतमा ३२ लाखभन्दा बढी संक्रमित निकोसमेत भइसकेका छन् । आइतबार ६८ हजार ८ सय १२ संक्रमितलाई अस्पतालबाट डिस्चार्ज गरियो । यस्तै ८ लाख ८१ हजार ६ सय ९१ बिरामीको अहिले पनि उपचार चलिरहेको छ । ७१ हजार ६ सय ८७ बिरामीको मृत्यु भइसकेको छ

from रातोपाटी https://ift.tt/3jT4TZ7

Post a Comment

0 Comments