ब्रेकिङ न्युज

6/recent/ticker-posts

चीनले भन्यो– नेपाली भूमिमा भवन बनाएका छैनौं

७ असोज, काठमाडौं । चीनले नेपालसँग जोडिएको कुनै पनि ठाउँमा सीमा विवाद नरहेको दाबी गरेको छ ।

उसले नेपाली भूमिमा चीनले बनाएको भनिएका भवनहरुको सत्यतथ्य जाँच गर्न नेपालले सक्ने जनाएको छ ।

हुम्लाको लाप्चाबगरमा चीनले नेपाली भूमि अतिक्रमण गरेर भवनहरु बनाएको समाचार सार्वजनिक भएको बेला चीनको सो धारणा आएको हो ।

काठमाडौंस्थित चिनियाँ दूतावासले एक प्रेस नोट जारी गर्दै भनेको छ, ‘चीन र नेपालबीच कुनै पनि क्षेत्रीय विवाद छैन । दुवै पक्षले सधैं सीमाबारे निकट सम्बन्ध बनाएका छन् ।’

नेपाल–चीन निकटका छिमेकी हुन् भन्दै चिनियाँ दूतावासले नेपालको सम्प्रभुता र क्षेत्रीय अखण्डताको सम्मान गरेको जनाएको छ ।

यो पनि पढ्नुहोस लाप्चा बगरमा चिनियाँ सेनाको माइकिङ : यो भूमि हाम्रै हो, वार्ता गर्ने भए सीमामा गरौंला यो पनि पढ्नुहोस दशैंको मुखमा चिनियाँ तगारो, नाका बन्द हुँदा सरकार मूकदर्शक !

from Online Khabar https://ift.tt/3cof05z

Post a Comment

0 Comments