ब्रेकिङ न्युज

6/recent/ticker-posts

रातिमा धपक्कै रानीपोखरी

२९ असोज, काठमाडौं । २०७२ को भूकम्पमा क्षतिग्रस्त भएको रानीपोखरी पुनर्निर्माणपछि चिटिक्क छ । अझ रात परेपछि बत्तीले धपक्क बलेको देखिन्छ । ऐतिहासिक रानीपोखरीको दृष्य रातिको बेला पनि उत्तिकै मनमोहक लाग्छ ।

रानीपोखरीको पुनर्निर्माण यही असोज पहिलो साता सम्पन्न भएको थियो ।

पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरमा यही असोज १५ गते बिहान ८ बजेको साइतमा मुख्य एक र अन्य चार गरी पाँच स्थानमा गजुर राखिसकिएको छ । अहिले रानीपोखरीमा सरसफाइ गर्ने र बत्ती राख्ने काम पनि सकिएको छ ।

रानीपोखरीको दशैंअघि नै राष्ट्रपतिबाट उदघाटन गर्ने तयारी गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । पुनर्निर्माण सम्पन्न भएकाले यस वर्षको तिहारमा सर्वसाधारणका लागि ऐतिहासिक रानीपोखरी खुला हुने भएको छ ।



from Online Khabar https://ift.tt/2GZ1KJs

Post a Comment

0 Comments