ब्रेकिङ न्युज

6/recent/ticker-posts

नवरात्रको छैटौँ दिन :देवी कात्यायिनीको पूजा गरिँदै, यो मन्त्र याद राख्नुहोस्

हिन्दु नेपालीहरुको महान चाँड बडा दसैँको आज छैटौँ दिन हो । आजको दिनमा कात्यायिनी भगवतीको पूजा तथा अर्चना गरिन्छ । नवरात्रीको छैटौँ दिन आज अष्टमातृका भगवतीको छैठौँ शक्तिका रुपमा कात्यायिनी भगवतीको पूजाअर्चना गर्ने परम्परा रहेको छ । आजको दिनमा कात्यायिनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुख,दरिद्र जस्ता संकट नाश भई मानिस प्रगतिपथमा अगाडि बढ्ने धार्मिक विश्वास रहेको पाइन्छ ।कत नामक एउटा ऋषि थिए । उनको छोराको रुपमा ऋषि कात्यले जन्म लिए । यिनै कात्यका गोत्रमा विश्वप्रसिद्ध महर्षि कात्यायनको जन्म भयो ।

from रातोपाटी https://ift.tt/3knFlE3

Post a Comment

0 Comments