ब्रेकिङ न्युज

6/recent/ticker-posts

बीपी प्रतिष्ठान धरानमा ५० वर्षीय संक्रमितको मृत्यु

११ कात्तिक, काठमाडौं । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

सुनसरीको धरान घर भएका ५० वर्षीय पुरुषको गएराति १२ बजेर ५५ मिनेटमा मृत्यु भएको हो ।

प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार ती पुरुषमा पहिलेदेखि नै उच्च रक्तचाप र डायबिटिजको समस्या थियो ।

यही कात्तिक १ गते उनमा कोरोना संक्रमण देखिएको थियो ।

त्यसपछि कात्तिक ८ गते उनी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए ।



from Online Khabar https://ift.tt/31Lltn6

Post a Comment

0 Comments