ब्रेकिङ न्युज

6/recent/ticker-posts

सेवाग्राहीबाट घुस लिएको आरोपमा विद्युत प्राधिकरणका चार कर्मचारी पक्राउ

१७ माघ, काठमाडौं । नेपाल विद्युत प्राधिकरण, सखुवा वितरण केन्द्र, अन्तर्गत ढल्केवर नो लाइट धनुषामा कार्यरत चार जना कर्मचारीहरुलाई घुस रकमसहित पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

पाँचौं तहका सुपरभाइजर जगतनारायण साह, तेस्रो तहका इलेक्टिसियन यमकुमार महतो, ज्यालादारी प्राविधिकको रुपमा कार्य गर्ने नवलकिशोर राउत र दोस्रो तहका मनोहरकुमार महतोलाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।

नयाँ मिटर जडान गर्ने क्रममा सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा बर्दिवासस्थित अख्तियार कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई सेवाग्राहीबाट लिएको पाँच हजार रुपैयाँ घुससहित पक्राउ गरेको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिएका छन् ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।



from Online Khabar https://ift.tt/3j7I70w

Post a Comment

0 Comments