ब्रेकिङ न्युज

6/recent/ticker-posts

प्रधानमन्त्रीको आह्वानमा सर्वदलीय बैठक बस्दै

४ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सर्वदलीय बैठक बस्दै छ । बैठक शनिबार विहान ११ बजे बालुवाटारमा बस्न लागेको हो ।

कोरोना भाइरसको महामारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधिलाई बोलाइएको बैठकमा संसद अधिवेशन, कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि चाल्नुपर्ने कदमलगायतका विषयमा छलफल हुने थापाले बताए ।

पछिल्ला दिनमा कोरोना महामारी बढ्दै गएपछि सरकारले १४ जिल्लालाई अति प्रभावित घोषणा गरेको छ ।

 



from Online Khabar https://ift.tt/32qpz3K

Post a Comment

0 Comments