१५ वैशाख, वीरगञ्ज । वीरगञ्जमा गरिएको परीक्षणका क्रममा १ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार २ सय १० जनाको पीसीआर परीक्षण गर्दा १ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ ।
कोरोनाको दोस्रो लहर शुरु भएपछि वीरगञ्जमा एकै दिन नयाँ संक्रमित फेला परेको यो नै सबैभन्दा बढी हो ।
नयाँ संक्रमितमध्ये ९६ जना पर्साका, २५ जना बाराका छन् भने महोत्तरी, सर्लाही र चितवनका १÷१ जना संक्रमित छन् । तीमध्ये ३४ जना महिला छन् ।
१६ देखि ७० वर्ष उमेर समूहका संक्रमितको सिटी भ्यालु १६ देखि ३४ रहेको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले बताए ।
from Online Khabar https://ift.tt/3u1a3aR
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।