ब्रेकिङ न्युज

6/recent/ticker-posts

एमाले नेता नेपाल र गुरुङबीच भेटवार्ता

१५ असार, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल र नेता पृथ्वीसुब्बा गुरुङबीच भेटवार्ता भएको छ ।

मंगलबार अपराह्न बालुवाटारमा अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरु मात्र रहेको स्थायी कमिटी बैठक बस्नु अघि गुरुङ, नेता नेपालको निवास कोटेश्वर पुगेका थिए । दुई नेताबीच झण्डै चार घण्टा कुराकानी भएको थियो । ‘पार्टीलाई कसरी एकताबद्ध बनाउने भन्ने विषयमा विचार आदान प्रदान भयो,’ नेता नेपाल निकट स्रोतले भन्यो ।

गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका गुरुङले हालै मात्र नेता नेपाललाई अर्को अध्यक्ष बनाएर भएपनि पार्टी एकता जोगाउनु पर्ने धारणा राखेका थिए ।

यता बालुवाटारमा बसेको बसेको स्थायी कमिटी बैठकले जेठ २ मा फर्किने निर्णय गरेको छ । साथै भोलि विहान बोलाइएको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकले पार्टी एकताका लागि थप निर्णय गर्ने नेताहरुले बताएका छन् ।



from Online Khabar https://ift.tt/3qz0I9m

Post a Comment

0 Comments