काठमाडौं । नेपाल प्रहरीले आफ्नो संरचना पुनरावलोकन गर्दै तह र दर्जा थप गर्न गृह मन्त्रालयमा प्रस्ताव पठाएको छ । प्रहरी प्रधान कार्यालयले तल्ला तहका प्रहरी कर्मचारीको मनोबल बढाउने गरी गरेको लामो समयको अध्ययनपछि चारवटा तह र तीनवटा दर्जाको संरचना थप्न गृह मन्त्रालयमा प्रस्ताव गरेको हो ।यसरी कुल चार तह र तीन दर्जा गरी सातवटा संरचना थप गर्ने गरी प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई तीन साताअघि प्रस्ताव पठाएको प्रहरी उच्च स्रोतले जनाएको छ । यो प्रस्ताव निजामती कर्मचारीको जस्तै गरी तयार गरिएको हो ।
from रातोपाटी https://ift.tt/378jmMp
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
2 months ago
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।