ब्रेकिङ न्युज

6/recent/ticker-posts

आजदेखि सञ्चालन भए लामो दूरीका सार्वजनिक सवारी साधन

९ साउन, काठमाडौं । आजदेखि लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात सञ्चालनमा आउन थालेका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौ‌ले स्वास्थ्य मापदण्ड पुर्‍याएर सञ्चालन गर्ने निर्णय गरेपछि यातायात व्यवसायीले आजैदेखि लामो र मध्यम दूरीका सवारी साधन सञ्चालनमा ल्याएका हुन् ।

विश्वविद्यालय र लोकसेवा आयोगका परीक्षालाई मध्यनगर गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार सवारी लामो दूरीका सार्वजनिक सवारी साधन पनि सञ्चालन गर्ने सूचना जारी गरेको थियो।

प्रशासनले यात्रुलाई अनिवार्य रुपमा काउन्टरबाट मात्र टिकट लिएर यात्रा गर्न अनुरोध गरेको छ भने यातायात व्यवसायीहरुलाई पनि स्वास्थ्य मापदण्ड पालना गराउन निर्देशन दिएको छ ।



from Online Khabar https://ift.tt/3eMruGA

Post a Comment

0 Comments