ब्रेकिङ न्युज

6/recent/ticker-posts

दुबई जान ठिक्क परेका यात्रु उड्न पाएनन्, उडान रोकिएको सूचना अन्तिम समयमा जारी

२६ साउन, काठमाडौं । हिमालय एयरलाइन्सले अन्तिम समयमा दुबई उडान नहुने सूचना टाँसेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका यात्रुहरु अलपत्र परेका छन् ।

दुबई उड्नका लागि यात्रुहरु विमानस्थल पुगिसकेको अवस्थामा एयरलाइन्सले उडान नहुने सूचना टाँसेको थियो । उक्त सूचनामा दुबईले रोकेका कारण उडान नहुने व्यहोरा उल्लेख छ ।

यसअघि कोरोना भाइरस संक्रमणका कारण दुबईले नेपालबाट हुने उडान रोकेको थियो । तर गत हप्ता युएईस्थित नेपाली दूतावासले आइतबारदेखि नेपालका लागि उडान खुल्ला भएको सूचना प्रकाशित गरेको थियो । सोही अनुसार सोमबार राति साढे ११ बजे हुने उडानका लागि एयरलाइन्सले टिकट बिक्री गरेको थियो ।

रातिको उडानका लागि ‘चेक इन’ भइरहेको स्टाटस विमानस्थलमा राखिएको डिस्प्ले बोर्डमा देखिन्थ्यो । तर अन्तिम समयमा युएइले नेपालबाट हुने उडानमा रोक लगाएकाले विमान नउड्ने जानकारीसहितको सूचना एयरलाइन्सले यात्रु प्रवेश गर्ने मुख्य ढोकामा टाँसेको थियो ।



from Online Khabar https://ift.tt/3lLhCkD

Post a Comment

0 Comments