ब्रेकिङ न्युज

6/recent/ticker-posts

रातिदेखि बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागी, अझै नियन्त्रणमा आएन

२३ साउन, काठमाडौं । बालाजु औद्योगिक क्षेत्रमा रातिदेखि भीषण आगलागी भएको छ । औद्योगिक क्षेत्रमा रहेको एक विष्कुट फ्याक्ट्रिमा आगलागी भएको प्रहरी वृत्त बालाजुले जानकारी दिएको छ ।

शुक्रबार राति दुई बजेदेखि नै आगलागी भएको प्रहरीले जनाएको छ । १९ वटा पानी ट्याङ्कर ९ वटा बारुणयन्त्रले आगो निभाउने प्रयास भए पनि नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ ।

आगलागनी नियन्त्रण नभएकोले क्षतिको विवरण पनि आइसकेको छैन । आगलागीको कारण पनि नखुलेकै प्रहरीले जनाएको छ ।

 



from Online Khabar https://ift.tt/3fF4o53

Post a Comment

0 Comments