ब्रेकिङ न्युज

6/recent/ticker-posts

ग्लोबल आइएमई बैंकको मूनाफा ४२ प्रतिशतले बढ्यो

३२ साउन, काठमाडौं । दुई ठूला वाणिज्य बैंकहरु गाभिएर बनेको ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०७७/७८ ४ अर्ब माथि मूनाफा कमाएको छ । बैंकले गत वर्षको तुलनामा करिब ४२ प्रतिशतले मूनाफा बढाउँदै ४ अर्ब १२ करोड ६५ लाख १२ हजार रुपैयाँ खुद मूनाफा कमाएको हो ।

यो भन्दा अघिल्लो वर्ष यस बैंकले २ अर्ब ९० करोड ८६ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको सेयर पुँजी ४ प्रतिशतले बढेर २१ अर्ब ६३ करोड २५ लाख ३ हजार रुपैयाँ पुगेको छ ।

खुद ब्याज आम्दानी ९.४७ प्रतिशतले बढाएको यस बैंकको निक्षेप २६.४३ प्रतिशत र कर्जा २०.२६ प्रतिशतले बढेको छ । बैंकको निस्कृय कर्जा पनि १.७६ बाट घटेर १.४२ प्रतिशतमा झरेको छ । बैंकको प्रति शेयर आम्दाी (ईपीएस) पनि बढेर १५.३३ रुपैयाबाट १९.०८ रुपैयाँमा पुगेको छ ।



from Online Khabar https://ift.tt/3jWCwLa

Post a Comment

0 Comments