ब्रेकिङ न्युज

6/recent/ticker-posts

धनुषामा करेन्ट लागेर दुई जनाको मृत्यु

२७ साउन, जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनुषाकै लक्ष्मिनियाँ गाउँपालिका वडा नम्बर ३ बस्ने ५४ वर्षीय विन्दा दास र ५० वर्षीय मनिराम यादव छन् । क्षिरेश्वरनाथ नगरपालिका ३ पर्सा मंगलबार साँझ ६ बजेतिर करेन्ट लाग्दा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

क्षिरेश्वरनाथ नगरपालिका ३ पर्सा टोल निवासी बुलन यादवको घरमा भइरहेको भजनकिर्तनमा माइकमा करेन्ट प्रवाह हुँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर सिकिस्त भएका दुबैलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

मृतक दुबैको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पतालमै राखिएको र अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



from Online Khabar https://ift.tt/3iC150E

Post a Comment

0 Comments