ब्रेकिङ न्युज

6/recent/ticker-posts

दाम्लोले बाँधेर युवक कुट्ने वडाध्यक्ष पाँच हजार धरौटीमा छुटे

२८ साउन, सुर्खेत । दाम्लोले बाँधेर युवकलाई कुटपिट गर्ने जाजरकोटको जुनिचाँदे गाउँपालिका-२ का वडाध्यक्ष रामबहादुर नेपाली धरौटीमा छुटेका छन् ।

जिल्ला प्रशासन कार्यालय जाजरकोटले वडाध्यक्ष नेपालीलाई पाँच हजार धरौटीमा छोड्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले जानकारी दिए ।

पीडितको बयानका आधारमा पाँच हजार रुपैयाँ धरौटीमा छोडिएको प्रमुख जिल्ला अधिकारी देवकोटाले बताए । ‘भिडियोको आधारमा अभऽ व्यवहार सम्बन्धी मुद्दा चलाइएको थियो । तर पीडितले नै वडाध्यक्षको गल्ती नभएको बयान दिए, गलत नियत नभेटिएपछि धरौटीमा छोडिएको छ,’ उनले भने ।

उनका अनुसार वडाध्यक्ष नेपालीलाई भदौ १६ गते बकपत्र गर्न आउने सर्तमा धरौटीमा छोडिएको छ ।

साउन १५ गते स्थानीय सर्पे दमाइलाई डोरीले बाँधेर कुटपिट गरेका वडाध्यक्ष नेपालीलाई साउन २१ गते प्रहरीले पक्राउ गरेको थियो ।

वडाध्यक्ष नेपालीले सर्पे दमाईलाई डोरीले बाँधेर कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । सोही भिडियोका आधारमा अभद्र व्यवहार सम्बन्धी मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय जाजारकोटले जनाएको छ ।

सेवाग्राहीलाई अपमानजनक रुपमा कुटपिट गरेको भन्दै वडाध्यक्षको चौतर्फी विरोध भएको थियो ।



from Online Khabar https://ift.tt/2XftjG1

Post a Comment

0 Comments