ब्रेकिङ न्युज

6/recent/ticker-posts

हालान्डको दुई गोलमा डर्टमण्डको पुनरागमन जित

काठमाडौं । एर्लिन ब्राट हालान्डले दुई गोल गरेपछि बोरुसिया डर्टमण्डले जर्मन बुण्डेसलिगामा शानदार जित हात पारेको छ ।

शनिबार भएको खेलमा डर्टमण्डले तीन पटक पछि परेको अवस्थामा पनि पुनरागमन गर्दै बायर लेभरकुनलाई उसैको मैदानमा ४-३ ले पराजित गरेको हो । डर्टमण्डका लागि युलियन ब्रान्ट र राफेल गुरेइरोले एक/एक गोल गरे ।

हालान्डले ७७औं मिनेटमा गोल गर्दै डर्टमण्डलाई जिताए । त्यसअघि लेभरकुजनका फ्लोरिन विट्जले खेलको नवौं मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए । ३७औं मिनेटमा हालान्डले डर्टमण्डका लागि बराबरी गोल फर्काए ।

पहिलो हाफको इन्जुरी टाइममा प्याट्रिक सिकले गोल गर्दै लेभरकुजनलाई २-१ को अग्रता दिलाए ।  ४९औं मिनेटमा ब्रान्टले डर्टमण्डका लागि बराबरी गोल गरे ।

५५औं मिनेटमा माउसा डिएबीले गोल गर्दै तेस्रो पटक लेभरकुजनलाई अग्रता दिलाएका थिए । तर ७१औं मिनेटमा गुरेइरोले गोल गरेपछि डर्टमण्डले तेस्रो पटक पुनरागमन गर्दै खेल ३-३ को बराबरीमा पुर्‍यायो । त्यसपछि हालान्डले ७७औं मिनेटमा गोल गर्दै खेल जिताए ।

जितपछि ४ खेलबाट ९ अंकसहित डर्टमण्ड दोस्रो स्थानमा छ ।

उता वल्फसवर्गले यस पटक शतप्रतिशत जित यात्रालाई निरन्ता दिँदै ग्रेथर फोर्थलाई २-० ले पराजित गरेको छ । लगातार चौथो जितपछि वल्फ्सवर्ग १२ अंकसहित शीर्ष स्थानमा छ ।



from Online Khabar https://ift.tt/3lfJMm0

Post a Comment

0 Comments