ब्रेकिङ न्युज

6/recent/ticker-posts

लिभरपुलको सहज जित

२८ भदौ, काठमाडौं । लिभरपुलले प्रिमियर लिगमा लिड्स युनाइटेडलाई ३-० ले पराजित गरेको छ।आइतबार राति भएको खेलमा लिभरपुलले दश खेलाडीमा समेटिएको लिड्सलाई सहजै पराजित गरेको हो ।

जितपछि लिभरपुलले शीर्ष स्थानको म्यानचेष्ट युनाइटेड र दोस्रो स्थानको चेल्सी समान १० अंक जोडेको छ ।

एलान रोडमा भएको खेलको २०औं मिनेटमा माहृम्मद शालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।

५०औं मिनेटमा फाबिन्होले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे ।

६०औं मिनेटमा पास्कल स्ट्रजिकले रातो कार्ड पाएपछि लिड्स दश खेलाडीमा समेटिएको थियो । त्यसको फाइदा लिभरपुलले धेरै उठाउन नसकेपनि इन्जुरी टाइममा साडियो मानेले गोल गरेपछि लिभरपुल ३-० ले विजयी भयो ।

अपराजित लिभरपुल ४ खेलबाट १० अंकसहित तेस्रो स्थानमा उक्लेको छ । लिड्स समान खेलबाट २ अंकसहित १७औं स्थानमा छ।



from Online Khabar https://ift.tt/2YV2iZD

Post a Comment

0 Comments