ब्रेकिङ न्युज

6/recent/ticker-posts

दैलेखमा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु

दैलेखको ठाँटीकाँधमा अरिङ्गालको टोकाइबाट एक जनाको मुत्यु भएको छ ।ठाँटीकाँध ५ बुढागाउँका ४८ वर्षीय देवबहादुर शाहीको अरिङ्गालको टोकाइबाट मृत्यु भएको स्थानीय सूर्य बहादुर शाहीले जानकारी दिए । बिहीबार स्कुलमा छोराको सर्टिफिकेट लिन जाने क्रममा कालो अरिङ्गालले टोक्दा देवबहादुर घाइते भएका थिए । समाजसेवी समेत रहेका शाहीले स्कुल जाने बाटोमा अरिङ्गालको गोलो देखेपछि धपाउने प्रयास गरेका थिए ।  सोही क्रममा गम्भीर घाइते भएका शाहीलाई क्षेत्रीय अस्पताल सुर्खेतमा आइसीयुमा राखेर उपचार गरिएको थियो ।&

from रातोपाटी https://ift.tt/3i5tP12

Post a Comment

0 Comments