ब्रेकिङ न्युज

6/recent/ticker-posts

पौडेल पक्षले बोलायो आफू निकट केन्द्रीय सदस्यहरुको बैठक

२८ भदौ, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आफू निकटका केन्द्रीय सदस्यहरुको बैठक बोलाएको छ ।

बैठक दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको हो । विभिन्न जिल्लामा देखिएको क्रियाशील सदस्यताको विवाद र आसन्न महाधिवेशनबारे छलफल गर्न बैठक बस्न लागेको एकजना केन्द्रीय सदस्यले बताए ।

‘आजको बैठक महाधिवेशन निष्पक्ष होस् भनेर खबरदारीका लागि पनि हो,’ पौडेल निकट ती केन्द्रीय सदस्यले भने ।

कांग्रेस नेताहरुका अनुसार २१ जिल्लामा कांग्रेस क्रियाशील सदस्यता सम्बन्धी विवाद छ । विवादका कारण भदौ १८ मा गर्ने भनिएको वडा अधिवेशन असोजसम्म सारिएको छ ।

यसअघि प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा विवादकैबीच प्रहरी, प्रशासन लगाएर वडा अधिवेशन गरिएको भन्दै पौडेल पक्षले विरोध जनाएको थियो । महाधिवेशन निष्पक्ष हुनेमा शंका व्यक्त गर्दै आएको पौडेल पक्षले देउवालाई भेटेरै प्रहरी र प्रशासनको दुरुपयोग नगर्न ध्यानाकर्षणसमेत गराएको थियो ।



from Online Khabar https://ift.tt/3A9D72Z

Post a Comment

0 Comments