ब्रेकिङ न्युज

6/recent/ticker-posts

एमसीसी उपाध्यक्ष आज नेपाल आउँदै

२४ भदौ, काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमार नेपाल आउँदैछिन् ।

एमसीसी परियोजना कार्यान्वयन भएका देशहरुमा वार्षिक रुपमा कार्यान्वयनको अवस्था बुझ्ने क्रममा उनी बिहीबार बिहान कतार हुँदै नेपाल आउन लागेकी हुन् ।

नेपालमा एमसीसी परियोजना स्वीकार गर्ने कि नगर्ने भन्ने बहस भइरहेको बेला हुन लागेको यो भ्रमणलाई चासोका साथ हेरिएको छ ।

चारदिने नेपाल बसाइँको क्रममा उपाध्यक्ष सुमारले एमसीसी परियोजना कार्यान्वयनको अवस्थाबारे विभिन्न पक्षहरुसँग कुराकानी गर्ने स्रोतले बताएको छ । उनले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मालगायत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम छ ।

सन् २०१९ मा नै कार्यान्वयनमा आउनुपर्ने एमसीसी परियोजना नेपालमा राजनीतिक खिचातानीका कारण अझै अगाडि बढ्न सकेको छैन । हालै मात्र नेपाल स्पष्ट हुन खोजेका बुँदाहरुको जवाफ एमसीसीले पठाएको छ ।

यो पनि पढ्नुहोस ‘एमसीसी सैन्य रणनीति अन्तर्गत होइन, संशोधन गर्न मिल्दैन’

from Online Khabar https://ift.tt/3ncpaxL

Post a Comment

0 Comments