ब्रेकिङ न्युज

6/recent/ticker-posts

थारु समुदायले अटवारी पर्व मनाउँदै

२७ भदौ, काठमाडौं । थारु समुदायले आज अटवारी पर्व मनाउँदैछन् । भदौ महिनाको कृष्णअष्टमी पछिको शुक्लपक्षको पहिलो आइतबारका दिन थारु समुदायले यो पर्व मनाउने गर्दछन् ।

महेन्द्र बहुमुखी क्याम्पस दाङका उपप्राध्यापक कुलबिर चौधरीका अनुसार अटवारी पर्व थारु समुदायको माघी र दसैं पछिको ठूलो चाड हो । दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर लगायतका जिल्लाका थारु समुदायले विशेष महत्वका यो पर्व मनाउने गर्दछन् । स्थानीय सरकारहरुले अटवारी पर्वको अवसरमा थारु समुदायलाई सार्वजनिक विदा दिने गर्दछन् ।

यो पर्वमा विशेष गरी दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै दिनभर व्रत बसी साँझपख भीमको पूजा गर्दछन् । व्रतपछि गहुँको पीठोबाट बनाइएका परिकार र फलफूल चढाई दिदीबहिनीको भाग छुट्याएर बचेको आफूले खाने चलन छ । दिदीबहिनीका लागि छुट्याइएको भागलाई ‘अग्रासन’ भनिन्छ । अग्रासन दाजुभाइले दिदीबहिनीको घरमै पुर्‍याइदिने गरिन्छ । अग्रासन दिएर फर्किने क्रममा दिदीबहिनीहरुले दाजुभाइलाई मनपर्ने खानेकुरा खुवाउने र उपहार दिने चलन पनि छ ।

नेपाली कांग्रेस दाङका नेता योगेन्द्र चौधरी दाजुभाइ-दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै अटवारी पर्व मनाइने बताउँछन् । ‘दिदीबहिनी, दाजुभाइ र छिमेकीको बीचमा माया, ममता, सदभाव र भातृत्व जगाउने पर्वको रुपमा अटवारीलाई लिइन्छ,’ चौधरीले भने ।



from Online Khabar https://ift.tt/3tAu4FP

Post a Comment

0 Comments