ब्रेकिङ न्युज

6/recent/ticker-posts

‘खोजीरहेछ देशले एक युग नायक’ म्युजिक भिडियो सार्वजनिक

१३ असोज, काठमाडौं । ‘खोजीरहेछ देशले एक युग नायक’ बोलको राष्ट्रिय भावको गीत सार्वजनिक भएको छ ।

डा. नवि अधिकारी ‘टाकिन्द्र’ले लेखेको गीतमा सन्तोष श्रेष्ठको स्वर र संगीत छ । भिडियो छायांकनको निर्देशन हेमप्रभाष अधिकारीले गरेका छन् । गीतमा युवराज दाहाल लगायतको अभिनय छ ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा गोल्डेन क्रियसन युट्युब च्यानलमार्फत् भिडियो सार्वजनिक गरिएको हो ।

२००७ सालदेखि गणतन्त्र स्थापना हुँदासम्म भएका ठूला राजनीतिक परिवर्तन भए पनि जनताले सुखानुभूति गर्न नसकेको सन्दर्भमा देश समृद्ध बनाउने नायक आवश्यक रहेको भाव गीतमा छ ।



from Online Khabar https://ift.tt/3iiWnEe

Post a Comment

0 Comments