१२ असोज, काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यिले नेपालका नवनियुक्त परराष्ट्र मन्त्री  नारायण खड्कालाई बधाई सन्देश पठाएका छन् ।

आफ्नो बधाई सन्देशमा वाङले दुई पक्षीय सम्बन्धमा नयाँ प्रगति प्राप्त गर्नका लागि नेपाली समकक्षीसँग मिलेर काम गर्न इच्छुक रहेको बताएको काठमाडौंस्थित चिनियाँ दूतावासले जानकारी दिएको छ ।

यसअघि भारतीय विदेशमन्त्री एसजयशंकरले खड्कालाई बधाई सन्देश पठाएका थिए । एसजयशंकर र खड्का बीचमा अमेरिकाको न्यूयोर्कमा भेटघाटसमेत भएको छ ।



from Online Khabar https://ift.tt/3CUGA6K