ब्रेकिङ न्युज

6/recent/ticker-posts

साफमा उपविजेता बनेको नेपाली टोली आज काठमाडौं आउँदै

१ कात्तिक, काठमाडौं । साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता बनेको नेपाली टोली आज बिहान काठमाडौं आउँदै छ ।

नेपाली राष्ट्रिय खेलाडी र अफिसियलहरुको टोली आज बिहान सवा नौ बजे काठमाडौंमा अवतरण गर्न लागेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

मालदिभ्सको राजधानी मालेमा शनिबार बेलुका भएको फाइनल खेलमा भारतसँग ३–० पराजित भएपछि नेपाल उपविजेतामा सीमित बनेको थियो । साफको इतिहासमा नेपाल पहिलोपटक फाइनलमा पुगेको थियो ।

नेपाललाई फाइनलसम्म पुर्याउन सफल मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भने नेपाल फर्किने कि नफर्किने भन्ने विषयमा पछि निर्णय लिने बताएका छन् । नेपालले फाइनलमा स्थान बनाएलगत्तै अलमुताइरीले साफ च्याम्पियनसिप सकिएपछि नेपाल छाड्ने घोषणा गरेका थिए ।

अलमुताइरी गत चैतमा एक वर्षको लागि नेपालको प्रशिक्षक नियुक्त भएका थिए । एन्फा पदाधिकारीहरुसँगको विवादका कारण अलमुताइरीले सामाजिक सन्जालमा राजीनामा दिने अभिव्यक्ति सार्वजनिक गरेपछि उनी विवादमा परेका थिए ।



from Online Khabar https://ift.tt/3vk4GF8

Post a Comment

0 Comments