ब्रेकिङ न्युज

6/recent/ticker-posts

ईपीएलको उपाधिका लागि आज चितवन र पोखरा भिड्दै

२३ असोज, काठमाडौं । बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ को फाइलन खेल आज हुँदैछ ।

उपाधिका लागि शनिबार आज चितवन टाइगर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्नेछन् । खेल मध्याह्न सवा १२ बजे कीर्तिपुरस्थित टीयूको मैदानमा हुने आयोजकले जनाएको छ ।

चितवन र पोखरा पहिलो पटक फाइनल पुगेकाले ईपीएलको चौथो संस्करणले आज नयाँ विजेता पाउनेछ । यसअघि पहिलो संस्करणमा पञ्चकन्या तेज च्याम्पियन बनेको थियो । त्यसबेला कर्पोरेट शैलीमा प्रतियोगिता भएको थियो ।

दोस्रो संस्करणमा विराटनगर वारियर्स र तेस्रो संस्करणमा ललितपुर प्याट्रिओट्सले उपाधि जितेको थियो । यसपटक दुवै टिम लिग चरणबाटै बाहिरिसकेका छन् ।

शुक्रबार टीयू मैदानमा भएको फाइनल खेलको प्रिम्याच कन्फ्रेन्समा दुवै टिमका कप्तानले शुक्रबार नै फाइनलका लागि तयार भएको बताएका छन् ।

यस संस्करणमा चितवन र पोखराले दुई खेल खेलेका थिए । दुवै खेलमा चितवनले सहज जित निकालेको थियो ।



from Online Khabar https://ift.tt/3uX5L5J

Post a Comment

0 Comments