ब्रेकिङ न्युज

6/recent/ticker-posts

यो वर्ष नवमीमा तलेजु भवानीको मन्दिर खुल्ने

२७ असोज, काठमाडौं । यस वर्ष महानवमीका अवसरमा हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर खुला गरिने भएको छ । तलेजु भवानीको मन्दिर प्रत्येक वर्ष दशैंको नवमीको दिनमात्र खुल्छ ।

तर गत वर्ष कोरोना संक्रमणको जोखिम बढी भएकाले बन्दै गरिएको थियो । यस वर्ष धेरैले खोप लगाइसकेको र जोखिम पनि कम भएकाले खुला गर्ने तयारी भएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए ।

प्रत्येक वर्ष महानवमीका दिन धेरै भक्तजन तलेजु भवानीको दर्शन गर्न हनुमानढोका दरबार क्षेत्रमा लाइन लाग्ने गर्छन् ।

तलेजु भवानीलाई मूलचोकमै राखेर महाअष्टमीको राति कालरात्रि पूजाका साथ ५४ बोका र ५४ राँगाको बलिसहित पूजा आराधना गर्ने तयारी भएको छ ।

विजयादशमीसम्म तलेजु भवानीलाई यहीं राखेर पूजा आराधना गरिन्छ । विजयादशमीका दिन बिहान समितिले दिएको साइतमा भवानीलाई मूल मन्दिर फर्काइन्छ ।



from Online Khabar https://ift.tt/3lApHs5

Post a Comment

0 Comments