२८ असोज, काठमाडौं । आईपीएल २०२१ को दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई हराउँदै कोलकाता नाइटराइडर्स फाइनलमा पुगेको छ ।
कोलकाताले रोमाञ्चक म्याचमा दिल्लीलाई ३ विकेटले हराउँदै फाइनलमा पुगेको हो । रविचन्द्रन आश्विनको ओभरमा राहुल त्रिपाठीले म्याचको अन्तिम बलमा छक्का प्रहार गर्दै नतिजा कोलकाताको पक्षमा पारे ।
आईपीएलको फाइनलमा इयोन मोर्गन नेतृत्वको कोलकाता र महेन्द्रसिंह धोनी नेतृत्वको चेन्नाइ सुपरकिंग्सबीच प्रतिस्पर्धा हुने छ । फाइनल खेल १५ अक्टुबरको दिन दुबई अन्तर्राष्ट्रिय क्रिकेट ग्राउन्डमा हुने छ ।
कोलकाताका कप्तान मोर्गनले टस जितेर दिल्लीलाई पहिले ब्याटिङको निम्तो दिएका थिए । पहिले ब्याटिङ थालेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १३५ रन बनाएको थियो । दिल्लीले ४५ डट बल खेलेको थियो ।
दिल्लीको जितमा वेंकटेश अय्यरको योगदान महत्वपूर्ण रह्यो । उनले ४१ बलमा ५५ रन बनाए । शुभमन गिलले ४६ रन बनाए । अय्यर र शुभमन गिलबीच ९६ रनको ओपनिङ साझेदारी भएको थियो ।
from Online Khabar https://ift.tt/3azuGmi
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।