ब्रेकिङ न्युज

6/recent/ticker-posts

बाँकेमा बसको ठक्करबाट दुई जनाको मृत्यु

२६ असोज, दाङ । बाँकेको राप्तीसोनारी–८ परुवाखोला नजिक बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट बैतडी जाँदै गरेको ना ६ ख ७४८४ नम्बरको बसले सोमबार साँझ ठक्कर दिंदा राप्तीसोनारी–८ बालापुर की २६ वर्षीया चन्द्रा बुढाथोकी खड्का र ३४ वर्षीया गीता थारुको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक ऐनबहादुर मल्लले जानकारी दिए ।

पैदल हिंडिरहेका चन्द्रा र गीताको बसको ठक्करबाट घटनास्थलमै मृत्यु भएको थियो ।

घटनाको विरोधमा पीडित पक्षले केहीबेर पूर्वपश्चिम राजमार्गअन्तर्गत शमसेरगञ्जमा राजमार्ग अवरुद्ध पारेका थिए ।



from Online Khabar https://ift.tt/2YCoEib

Post a Comment

0 Comments