२६ असोज, हेटौंडा । पिङको लठ्ठा बाँध्ने क्रममा लडेर मकवानपुरको भीमफेदी गाउँपालिकामा एक जनाको मृत्यु भएको छ ।
भीमफेदी गाउँपालिका–६ माण्डुका ५३ वर्षीय प्रेम लामाको मृत्यु भएको हो ।
पिङको लठ्ठा बाँध्ने क्रममा सोमबार बेलुका ६ बजे लडेका लामालाई उपचार गर्न हेटौंडा अस्पताल पुर्याइएको थियो । उनको गएराति १० बजेतिर ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ ।
from Online Khabar https://ift.tt/2YIk9mw

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।