ब्रेकिङ न्युज

6/recent/ticker-posts

हनुमानढोका क्षेत्रमा तलेजु भवानीको दर्शन गर्नेहरुको लाइन

२७ असोज, काठमाडौं । प्रत्येक वर्ष दशैंको नवमीको दिनमात्र खुल्ने तलेजु भवानीको मन्दिरमा दर्शन गर्नेहरुको घुइँचो लागेको छ । हनुमानढोका दरबार क्षेत्रमा लाइन लागेर दर्शनार्थीहरुले पालैपालो तलेजु भवानीको दर्शन गरेका छन् ।

तर गत वर्ष कोरोना संक्रमणको जोखिम बढी भएकाले तलेजुको मन्दिर बन्द गरिएको थियो । यस वर्ष धेरैले खोप लगाइसकेको र जोखिम पनि कम भएकाले खुला गरिएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।

तलेजु भवानीलाई नेवार समुदायले इष्ट देवताको रुपमा पुज्ने गर्दछन् । दैवीशक्ति वा मातृशक्तिका रूपमा पनि पुजिने तलेजुलाई तुलजा पनि भन्ने गरिन्छ ।

तलेजु भवानीलाई फूलपातीको दिनदेखि नै मूल चोकमा ल्याइएको छ । मूलचोकमै राखेर महाअष्टमीको राति कालरात्रि पूजाका साथ ५४ बोका र ५४ राँगाको बलिसहित पूजा गरिएको थियो । विजयादशमीको दिनसम्म तलेजु भवानीलाई यहीं राखेर पूजा गरिन्छ । विजयादशमीको दिन पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतमा भवानीलाई मूल मन्दिरतर्फ फर्काइन्छ ।



from Online Khabar https://ift.tt/3DDxpaX

Post a Comment

0 Comments