२६ असोज, काठमाडौं । युराेपियन राष्ट्र जर्मनी कतारमा २०२२ मा हुने फिफा विश्वकपमा छनाेट भएकाे छ । जर्मनी विश्वकपमा छनाेट हुने पहिलाे टिम बनेकाे छ ।
युराेपियन क्षेत्रकाे छनाेट अन्तर्गत गएराति भएकाे खेलमा जर्मनीले नर्थ मेसेडाेनियालाई ४-० पराजित गरेर विश्वकपमा छनाेट भएकाे हाे । जर्मनी २० औं पटक विश्वकपमा छनाेट भएकाे हाे ।
जर्मनीका लागि टिमाे वर्नरले दुई तथा काई हाभार्ट र जमल मुसिएलाले एक/एक गाेल गरे । समूह जे मा जर्मनीकाे ८ खेलबाट २१ अंक भएपछि समूह विजेता बन्ने पक्का भएकाे हाे ।
दाेस्राे स्थानकाे राेमानियाकाे समान खेलबाट १३ अंक छ ।
from Online Khabar https://ift.tt/3iRMluj
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।