ब्रेकिङ न्युज

6/recent/ticker-posts

ससुरालीमा टीका लगाएर फर्किंदा भिरबाट लडेर मृत्यु

३० असोज, खोटाङ । खोटाङमा भिरबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ । संखुवासभाको चैनपुर नगरपालिका–८ चैनपुरका ४९ वर्षीय लेखबहादुर राउतको भिरबाट लडेर मृत्यु भएको हो ।

उनी खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित ससुराली घरमा टीका लगाएर फर्किरहेका थिए । शुक्रबार बाम्राङको नंग्रेखोला भिरबाट लडेर राउतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

राउतको शवलाई पोष्टमार्टम गर्न जिल्ला अस्पताल दिक्तेल पठाइएको छ ।



from Online Khabar https://ift.tt/3vlssAD

Post a Comment

0 Comments