ब्रेकिङ न्युज

6/recent/ticker-posts

ग्लोबल आइएमईमा खाता खोल्नेलाई सित्तैमा ऐनसेलको सीम

२ कात्तिक, काठमाडौं । ग्लोबल आइएमई बैंक र एनसेल आजियटाबीच वैदेशिक रोजगारीमा जानेहरुका लागि सीमकार्ड सित्तैमा दिने सम्झौता भएको छ। सम्झौता अनुसार बैंकको ग्लोबल सहयात्री रेमिट्यान्स बचत खोल्ने ग्राहकले एनसेल ब्यालेन्स र मोबाइल बैंकिङ्ग एप्लिकेसन ‘ग्लोबल स्मार्ट प्लस’चलाउन डाटासहितको सहयात्री सिमकार्ड सित्तैमा पाउने भएका हुन्।

समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र एनसेल आजियटाका कार्यकारी निर्देशक एण्डी चोङले मंगलबार हस्ताक्षर गरे।

सम्झौता अनुसार वैदेशिक रोजगारीका लागि विदेश जाने,वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरु एवम् उनीहरुका परिवार र बाह्य रेमिट्यान्समार्फत आय भएका नेपालीहरुले ग्लोबल सहयात्री रेमिट्यान्स बचत खाता खोल्दा निस्शुल्क सीमकार्ड पाउनेछन्।

बैंकका अनुसार ग्लोबल स्मार्ट प्लस प्रयोग गर्न २५० एमबी डाटा प्याक निस्शुल्क उपलब्ध हुनेछ। सीमकार्डमा २० रुपैयाँ मेन ब्यालेन्स, एनसेल नेटवर्कभित्र फोन गर्न २० मिनेटको टकटाइम र २० वटा एसएमएस पाउने बैंकले जनाएको छ।

बैंकका अनुसार सीमा संचालन भएको दुई दिनभित्र सय रुपैयाँ वा सो भन्दा बढीको रिचार्जमा एक सय मिनेट एनसेल टकटाइम र सय एमबी डाटा पाइनेछ। एक वर्षसम्म हरेक पटक रिचार्ज गर्दा १० प्रतिशत बोनस, भारत, मलेसिया र खाडी मुलुकमा कल गर्दा अतिरिक्त छुट पाइने बैंकले जनाएको छ।

 



from Online Khabar https://ift.tt/3lYi52R

Post a Comment

0 Comments