ब्रेकिङ न्युज

6/recent/ticker-posts

एडी होवे न्युकासलको नयाँ प्रशिक्षक नियुक्त

काठमाडौं । प्रिमियर लिग क्लब न्युकासल युनाइटेडले एडी होवेलाई नयाँ प्रशिक्षक नियुक्त गरेको छ । सन् २०२० मा बर्नमाउथ छाडेपछि प्रशिक्षणमा नरहेका एडीले अब स्टिभ ब्रुसको स्थान लिनेछन् ।

स्पानिस क्लब भियारियालका प्रशिक्ष उनाई एमेरीले न्युकासलको प्रस्ताव अस्वीकार गरेपछि मालिकको पहिलो रोजाइमा एडी नै थिए ।

न्यूकासलले एडीसँग २०२४ को अन्तिमसम्मका लागि सम्झौता गरेको बीबीसीले जनाएको छ ।

एडीलाई उत्कृष्ट युवा ब्रिटिस व्यवस्थापकमध्ये एकको रुपमा हेरिएको छ । उनले न्युकासललाई प्रिमियर लिगमै टिकाउन भूमिका खेल्ने विश्वास छ ।

हाल न्युकासल ११ खेलबाट जमम् ५ अंकसहित १९औं स्थानमा छ । पुछारबाट दोस्रोमा रहेको न्युकासल रेलिगेसन जोगाउन संघर्षरत छ ।

न्युकासलको प्रशिक्षक नियुक्त भएपछि एडीले इतिहास बेको क्लबको प्रशिक्षण सम्हाल्न पाउनु सम्हान भएको प्रतिक्रिया दिएका छन् । ‘न्युकासलको इतिहास बोकेको क्लबको मुख्य प्रशिक्षक बन्न पाउनु ठूलो सम्मान हो । म र मेरो परिवारको लागि यो गर्वको दिन हो’ एडीले भने , ‘यो राम्रो अवसर हो तर धेरै काम गर्न बाँकी छ र म ट्रेनिङ ग्राउण्डमा पुगेर खेलाडीसँग काम सुरु गर्न उत्साहित छु ।’



from Online Khabar https://ift.tt/3D0epDN

Post a Comment

0 Comments