७ मंसिर, काठमाडौं । तरुण दल अध्यक्ष जितजंग बस्नेत र ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।
ललितपुर क्षेत्र नम्बर ३ को अधिवेशनबाट बस्नेत लोकप्रिय मतसहित विजयी भएका छन् ।
तरुण दल केन्द्रीय अध्यक्ष बस्नेतले कूल खसेको ३९९ मतमध्ये खुल्ला तर्फ सबैभन्दा बढी २७८ मत प्राप्त गरेका छन् ।
मेयर महर्जनले २०५ मत प्राप्त गरेर केन्द्रीय महाधिवेशन प्रतिनिधि चुनिएका छन् । यसैगरी जितेन्द्र कुमार श्रेष्ठले २४८, नवराज महतले २१०, गजेन्द्र महर्जनले २०७ र मदन कुमार अमात्यले २०४, सुदर्शन घिमिरे मत पाउँदै केन्द्रीय महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन् ।
from Online Khabar https://ift.tt/3nHLqPV
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।